• १० बैशाख २०८२, बुधबार

प्रहरी प्रदेश प्रमुख फेरिए, बागमतीमा एक मात्र महिला डीआईजी पुजा सिंह आउँदै


काठमाडौं ।
 नेपाल प्रहरीका पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरिएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक डीआईजी प्रकाश जंग कार्कीको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, अपराध अनुसन्धान निर्देशनालय, नक्साल काठमाडौंमा सरुवा भएको छ ।

कार्कीको सरुवा भएसँगै बागमती प्रदेशको डीआईजीमा प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्साल काठमाडौंमा कार्यरत पुजा सिंह आउन लागेकी छिन् ‌ ।

गृह मन्त्रालयले बाग्मती प्रदेशमा डीआईजी पुजा सिंहको सरुवा गरेको छ । यस्तै बाग्मती प्रदेशमा रहेका डीआईजी प्रकाशजंग कार्की सेवा निवृत हुने भएपछि प्रहरी प्रधान कार्यालयमा ल्याइएको छ । 

बर्तमान डीआईजीमा उनी एक्ली महिला डीआईजी हुन् ।

यस्तै गृह मन्त्रालयले हालै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डिआईजी)मा बढुवा भएका ४ जनाको पदस्थापन गरेको हो ।

बढुवा भएका डीआईजी नलप्रसाद उपाध्यायलाई लुम्बिनी, मोहनकुमार आचार्यलाई सुदुपश्चिम, मसाउद आलम खाँलाई मधेश प्रदेश र राजेन्द्र प्रसाद चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको छ ।

हेर्नुहोस् सरुवा सूची:

This image has an empty alt attribute; its file name is d%20sauwa1.jpg
This image has an empty alt attribute; its file name is d%20sura2.jpg

हेर्नुहोस् पदस्थापन सूची:

This image has an empty alt attribute; its file name is padesthapana-digp-janapad-2079-01-09_page-0001.jpg




प्रतिक्रिया दिनुहोस्