• ६ चैत्र २०८१, बिहीबार

नुवाकोटमा गठबन्धनबाट बाहिरीएको एकीकृत समाजवादीको घोषणा

नुवाकोट, १० वैशाख । नुवाकोटमा ५ दलीय गठबन्धनबाट एकीकृत समाजवादीले बाहिरिएको घोषणा गरेको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले एकलौटीरुपमा भागबन्डा गर्न खोजेको भन्दै एकीकृत समाजवादीले गठबन्धनबाट बाहिरिएको घोषणा गरेको हो ।

एकीकृत समाजवादीका नुवाकोट जिल्ला अध्यक्ष गोविन्द नेपालीले विगतमा भएको सहमतिबाट कांग्रेसपछि हटेकाले गठबन्धनमा बस्नुको औचित्य नभएको बताएका छन् ।

एकीकृत समाजवादीले गठबन्धनबाट बाहिरिने घोषणासँगै नुवाकोटका सबै स्थानीय तहमा प्रमुख तथा उपप्रमुखका उम्मेदवारहरुलाई वैशाख १२ गते निर्वाचन कार्यलयमा उमेद्वारी दर्ता गर्न पनि सार्वजनिक गरेको छ ।





प्रतिक्रिया दिनुहोस्