• ६ चैत्र २०८१, बिहीबार

नुवाकोटको तारकेश्वरको अध्यक्षमा एमालेबाट रमेश वस्ती उम्मेदवार

नुवाकोट , ११ वैशाख । नेकपा एमालेले नुवाकोटको तारकेश्वर गाउँपालिकाको अध्यक्षमा रमेश वस्तीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । वस्ती अहिले पनि तारकेश्वर गाउँपालिकाका अध्यक्ष हुन ।

नेकपा एमाले नुवाकोटका जिल्ला कमिटी सदस्य वस्ती लोकप्रिय युवा नेता हुन । अध्यक्षका लागि एमाले केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले पनि दाबी गरेकी थिइन तर एमालेले जित्ने उम्मेदवारको रूपमा वस्तीलाइ अध्यक्षमा दोहोर्याउने निर्णय गरेको बताएको छ ।

गाउँवस्ती डुल्ने र जनताको घरघरमा पुग्ने नेताको रूपमा परिचत वस्तीले यसअघि भारी मतान्तरले कांग्रेस र माओवादीलाइ पराजित गरेका थिए





प्रतिक्रिया दिनुहोस्