नुवाकोट ११ वैशाख । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका केन्द्रमा बैंक स्थापना भएको छ ।
गाउँपालिकाको केन्द्र अस्थायी कार्यालय घलेभञ्ज्याङमा एन आई सी एसिया बैंकले आफ्नो शाखा विस्तार गरेको हो ।
बैंक स्थापना भए सँगै आर्थिक कारोबार आइतबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङले उद्घाटन गरी सञ्चलानमा आएको बैङ्कका शाखा प्रबन्धक पुरुषोतम सापकोटाले जानकारी दिए ।
आइतबार बैंक स्थापना भए पछि लामो यात्रा गरी सदरमुकाम गई कारोबार गर्नुपर्ने बाध्यता अन्त्य भएको भन्दै स्थानीयबासीले खुसी व्यक्त गरेका छन ।
राष्ट्रबैंकले प्रत्येक स्थानीय तहमा निजि या सरकारी बैंक स्थापना गरि सेवा ग्राहिलाई सेवा प्रबाह गर्ने निती लिएको छ ।