काठमाडौं, ११ वैशाख । आइतबार काठमाडौंबाट धादिङबेसी तर्फ जाँदै बा ३ ख ८४४३ नम्बरको यात्रुबाहक बसले चितवनबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च २९६८ नम्बरको कारलाई ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो २: ४४ मा धादिङको थाँक्रे गाउँपालिका ७ जुँगे खोला स्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी कारमा सवार चालक सहित पाँच जनाको उपचारका क्रममा काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएको र बसमा सवार एकजना सामान्य घाइते भएको ट्राफिक प्रहरी हवल्दार रमेश कार्कीले बागमती प्रेसलाई जानकारी दिए ।
मृतक चार जना भारतीय नागरिक रहेको बताइएको छ । उनिहरु काठमाडौं घुम्न आउँदै गरेका थिए ।