• १० चैत्र २०७९, शुक्रबार

नेकपा एमालेबाट लिखु २ को वडाध्यक्षमा प्रेम थापामगर (ज्याक) सर्वसम्मत उमेद्वार

नुवाकोट, १२ वैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँदेखि केन्द्रसम्म माहोल तातिँदै गएको छ ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै गाउँ गाउँमा नेता कार्यकर्ताहरु चुनावी छलफल गर्न लागेका छन् ।

यस्तै नेकपा एमालेबाट लिखु गाउँपालिका वडा नं २ को वडाध्यक्षमा प्रेम थापामगर (ज्याक) चयन भएका छन्।

आसन्न स्थानिय तहको निर्वाचनको लागि नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदमा सर्वसम्मत रुपमा उमेद्वार चयन गरिएको हो ।

लामो समय देखि राजनीति संगै विभिन्न सामाजिक काममा सक्रिय रहेका ज्याक नेकपा एमालेको लिखु गाउँपालिका वडा नं २ को वडा कमिटि अध्यक्ष समेत रहेका छन।

विद्यार्थी राजनीतिबाट राजनीतिमा पाइला टेकेका ज्याक नेकपा एमालेको सक्रिय युवा नेताका रुपमा परिचित छन् ।

वडाध्यक्षका उमेद्वार बनिरहेका थापामगर नेकपा एमालेका सक्रिय युवा नेताका साथै समाजसेवी समेत हुन ।





प्रतिक्रिया दिनुहोस्