नुवाकोट, १२ वैशाख। स्थानिय तहको निर्वाचनलाई लिएर नुवाकोटको राजनीतिमा नयाँ तरङ्ग देखा परेको छ ।
यो तरङ्ग दुप्चेश्वरका काँग्रेसको अपेक्षा विपरित पार्टीले अध्यक्षको टिकट पुर्ण तामाङलाई दिए पछि देखिएको हो ।
अपेक्षा अनुरुप टिकट नपाए पछि निवर्तमान अध्यक्ष तथा नेपाली कांग्रेस जिल्ला कार्यसम्पादन समिति सदस्य योविन्द्र सिँह तामाङ नेकपा एमालेका तर्फबाट चुनाव लड्न कम्मर कसेका छन् ।
उनलाई नेपाली काँग्रेस नुवाकोटका क्षेत्र नं १ क का सभापति शुशिल कुमार खड्का लगायतको टिमले साथ दिने देखिएको छ ।
दुप्चेश्वरका काँग्रेसको अपेक्षा विपरित टिकट दिएका कारण टिम नै चुनाव नलड्ने मनस्थितीमा पुगेको अखबारपाटी सँगको कुराकानीमा स्रोतले बताएको छ ।
तर, उपाध्यक्षमा भने नि.वर्तमान उपाध्यक्ष अन्जु आचार्यलाई नै टिकट दिइएको छ । दुप्चेश्वरका काँग्रेसको अपेक्षालाई नजरअन्दाज गरि दिइएको टिकट मान्य नहुने भन्दै उनी पनि चुनावमा नलड्ने मनस्थितिमा पुगेको देखिन्छ ।
बैसाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि निर्वाचन कार्यालयले बैसाख ११ र आज १२ गते मनोनयन दर्ताको समय दिएको थियो ।
मनोनयन दर्ताको अन्तिम समयमा आएर देखियोको यो तरङ्गले नेका मात्र नभइ अरु दललाई समेत प्रभावित बनाउने देखिन्छ ।
यो समाचार अखबार पाटी मा प्रकाशित छ ।