काठमाडौं : आसन्न स्थानीय तहको चुनावमा ३५ हजार २२१ जना जनप्रतिनिधिको लागि करिब एक लाख जनाले मनोनयन दर्ता गरेका छन्।
निर्वाचन आयोगले अद्यावधिक गरेको विवरण अनुसार ९९ हजार ६४६ जनाले मनोनयन दर्ता गरेका हुन्।
देशभरका निर्वाचन कार्यालयबाट आइतबार र सोमबार गरेको मनोनयन दर्ताको संख्या सोमबार राति १० : ३० बजेसम्ममा करिब एक लाख पुगेको हो।
मनोनयन दर्ताको समय सकिएपनि रुजु गर्ने काम भइरहेकाले उम्मेदवार संख्या अझै थपिने आयोगले जनाएको छ।