• १८ माघ २०७९, बुधबार

उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन, अन्तिम नामावली आजै प्रकाशन हुने

काठमाडौं, १६ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारले शुक्रवार उम्मेदवारी फिर्ता लिने समय दिएको छ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेलाई साँझ ५ बजेसम्मको समय दिएको छ । उम्मेदवारी फिर्ताको समय सकिएलगत्तै आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो । दुई दिनमा देशभरबाट एक लाख ५३ हजार भन्दा बढीको उमेदवारी दर्ता भएको थियो ।

उम्मेदवारीमाथि परेका दाबी विरोध तथा उजुरीमाथि जाँचबुझ गरेको आयोगले बिहीबार साँझ प्रारम्भिक नामावली प्रकाशन गरेको थियो । शुक्रवार अपराह्नसम्म उम्मेदवारले नाम फिर्ता लिइसकेपछि अन्तिम नामावली प्रकाशन हुनेछ । त्यसपछि आयोगले १७ गते शनिबार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्नेछ ।





प्रतिक्रिया दिनुहोस्