नुवाकोट, १७ वैशाख । नुवाकोटको त्रिशुली अस्पतालले विदुर नगरपालिकाको देविघाटमा रहेको ज्येष्ठ नागरिक सेवा आश्रममा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
शुक्रबार सञ्चालन भएको स्वास्थ्य शिविरमा आश्रमका ५४ जना जेष्ठ नागरिकलाई सेवा दिइएको थियो।
शिविरमा चिकित्सकबाट निशुल्क स्वास्थ्य परिक्षण, निशुल्क रक्त परिक्षण, रगतबाट सुगर , क्यालसियम , यूरिक एसिड , मिर्गौला
तथा कलेजो फंक्सन टेस्ट निशुल्क, निशुल्क औषधी वितरण लगायतको सेवा प्रदान गरिएको त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ चिकित्सक डा. दिपेन्द्र पाण्डेले जानकारी दिए ।
त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ चिकित्सक डा. दीपेन्द्र पाण्डेको नेतृत्वमा डा. उत्सव तिमिल्सिना , गोविन्द बहादुर शाही , श्याम ओझा , अस्मिता ठाकुर लगायतको टोलीबाट सेवा प्रदान गरिएको थियो ।
यस अघि त्रिशूली अस्पताल र देविघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान बीच हरेक महिनाको तेश्रो शनिबार ज्येष्ठ नागरिक आश्रममा त्रिशूली अस्पतालबाट निशूल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने सहमति भएको थियो ।