• २२ मंसिर २०८१, शनिबार

किस्पाङ गाउँपालिकाको अध्यक्षमा पुनः छत्र लामाको उम्मेद्वारी किन ?

नुवाकोट, १८ वैशाख । यही बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचन २०७९ मा पुनः किस्पाङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस तर्फका निवर्तमान अध्यक्ष छत्र ब. लामा नै उम्मेदवार बनेका छन् ।

साथै उनले बैशाख ११ गते पाँच वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरी पदबाट राजिनामा दिएका थिए ।

राजीनामा पत्रमा पहिलो स्थानीय निर्वाचन २०७४मा किस्पाङ बासीहरुको भरोषा र बिश्वासको कारण अध्यक्ष पदमा निर्वाचित भएकोले पाँच वर्षे कार्यकालमा आफ्नो ब्यक्तिगत ईच्छा र चाहना भन्दा पनि सम्पूर्ण किस्पाङ बासीहरुको जनादेश अनुसार किसपाङ बासीको खुसी नै आफ्नो खुसी भन्ने मुल मन्त्रका साथ पदीय जिम्मेवारी निर्वाह गरेको बताएका छन् ।

आफ्नो कार्यकाल भरी रचनात्मक सहयोग गर्नुहुने राजनैतिक पाटी, बौेद्धिक जगत, सम्पूर्ण जन प्रतिनिधी, समाजसेवी, कर्मचारी, शिक्षक, युवा किसान तथा समस्त किसपाङबासीहरुमा धन्यवाद ब्यक्त गर्दै राजिनामा पत्र मार्फत पुनः अध्यक्षको पदमा उम्मेद्वारी घोषणा गरेका थिए ।

किस्पाङ गाउँ कार्यपालिको अध्यक्षमा पुनः छत्र लामा नै किन?

  • दक्ष, अनुभवी, ईमान्दार, कुशल,अनुशासित, बिकास प्रेमी, जनताप्रेमी,प्रभावशाली, स्पष्ट वक्ता।
  • नुवाकोटको १२ वटा स्थानीय तहको असल, सक्षम र योग्य जनप्रतिनिधि मध्ये पहिलो नम्बरमा पर्न सफल।
  • बिभिन्न सामाजिक संस्थाहरुमा आबद्ध रहेको, ऐन कानून तथा प्रशासनिक ज्ञान भएको।
  • उच्च तहका राजनीतिक नेताहरु सँग प्रत्यक्ष सम्पर्कमा रहेको।
  • सम्पूर्ण भुगोललाई समेटिएर काम गर्न सक्ने।
  • पेशाले कुनै अवैध व्यापार व्यवसाय मा संलग्न नरहेको।
    *हरेक जाती, भाषा,धर्म,वर्ण, लिङ्ग,एकल महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग सम्पूर्ण लाई समेटेर आफ्नो जिम्मेवारी बहन गर्न सक्ने।
  • स्वास्थ्य क्षेत्रमा बिशेष भूमिका निर्वाह गरि स्वास्थ्य चौकी निर्माण गर्ने देखि दिर्घारोगी, क्यान्सर, मुटु रोगीतथा कम्जोर आर्थिक अवस्था रहेको व्यत्तिहरुलाई आर्थिक सहयोग समेत गरिएको साथै कर्मचारी पदपूर्ति।
  • सम्पूर्ण कृषकहरुमा विउविजन बितरण तथा पशु सेवा तथा कृषि क्रान्तिमा प्रोत्साहन।
  • शिक्षा, खेलकुद, तथा सडकमार्ग बिस्तार।
  • वातावरण संरक्षण तथा पर्यटन विकासमा अहम भूमिका।
  • पाँचै वडाको टोलटोलमा योजना तथा पिछडिएका क्षेत्रलाई पहिलो प्राथमिकता तथा भेदभाव रहितको किस्पाङ निर्माण।
  • आपत विपत आईपर्दा आफैं खरिएको तथा हस्पिटल को बेड बेडमा गई सहयोग, प्रोत्साहन को साथै आर्थिक सहयोग।
    आदि ईत्यादि।





प्रतिक्रिया दिनुहोस्