नेपाली सेनाले नुवाकोट दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीमा रहेको एउटा ठूलो विशाल ढुंगा फुटाएको छ ।
नेगीगाउँ वस्तीमाथि रहेको २० हजार घनमिटरको ठूलो ढुंगा फुटाएर व्यवस्थित गरिएको हो ।
जिल्ला विपद् व्यवस्थापन कोष र दुप्चेश्वर गाउँपालिकाको सहकार्यमा कालीभञ्चन गण (ई)बाट खटिएका सेनाले ढुंगाको व्यवस्थापन गरेका हुन् ।
२०७८ फागुन १४ मा ‘ब्लाष्टिङ’ गरिएको थियो । वैशाख १५ गते उक्त ढुंगाको व्यवस्थापन कार्य सकिएको सेनाले जनाएको छ ।
२०७२ को महाभूकम्पले हल्लाएको सो ढुंगा खसेमा विद्यालय र स्थानीयवासीलाई क्षति पुर्याउने जोखिम भएपछि ढुंगा हटाइदिन जिल्ला विपद् व्यवस्थापन समितिलाई आग्रह गरिएको थियो ।