• ४ चैत्र २०८१, मंगलवार

सशस्त्र प्रहरी महानिरीक्षकमा राजु अर्याल

काठमाडौं : सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा राजु अर्याललाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र एआईजी अर्याललाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो।

केही दिनअघि मात्र एआईजीमा बढुवा भएका उनी आईजीपीका लागि एक्ला दाबेदार थिए। नवनियुक्त आईजीपी अर्यालले सोमबारदेखि कार्यभार सम्हाल्ने बताइएको छ।

३० वर्षे सेवाअवधिका कारण हालका आईजी पुष्पराम केसी आइतबारबाट अनिवार्य सेवा निवृत्त हुने भएपछि रिक्त स्थानमा अर्याललाई नियुक्त गरिएको हो। हाल सेवा निवृत्त के सी गत चैत ३० देखि मात्र सशस्त्रको महानिरिक्षक भएका थिए।

यही वैशाख ४ गते अर्याल एआईजी बढुवामा सिफारिस भएका अर्यालले वैशाख १४ गते मात्र एआईजीको दर्ज्यानी चिह्न पाएका थिए । २०५४ चैतमा सेवा प्रवेश गरेका अर्याल अहिलेकै कानुनी प्रावधान रहे २०८३ सम्म नेतृत्वमा रहने छन् । 





प्रतिक्रिया दिनुहोस्