• ९ माघ २०८१, बुधबार

बबरमहलमा स्कुटर दुर्घटना, चालकको मृत्यु

काठमाडौं : बबरमहलमा गएराति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

डडेल्धुराको अमरगढी नगरपालिका ५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ वर्षीय केबिन श्रेष्ठको उपचारको क्रममा वीर अस्पतालमा राति पौने २ बजे मृत्यु भएको हो। 

बानेश्वरबाट बबरमहलतर्फ आउँदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कुटर राति पौने १२ बजे अनियन्त्रितभई सडकको नालीमा पल्टिएको थियो। 





प्रतिक्रिया दिनुहोस्