• ११ जेष्ठ २०८३, सोमबार

स्थिरता र स्थायित्वको शक्ति एमाले हो : केपी शर्मा ओली

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्र र प्रदेश सरकारसित समन्वय गरेर विकास निर्माण र जनताका समस्या समाधान गर्न एमालेबाट उम्मेदवार बनेकालाई जिताउन आग्रह गरेका छन् । 

कञ्चनपुरको बेलौरीमा आयोजित चुनावीसभालाई आज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले स्थिरता र स्थायित्वका लागि सुदृढ राजनीतिक शक्ति चाहिने भन्दै यस्तो शक्तिलाई विजय गराउन नागरिकसँग आग्रह गरे । । 

‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षा लिएर राष्ट्र निर्माणमा जुट्न पनि उहाँले सबैसँग आग्रह गर्नुभयो । उहाँले एमाले सरकारमा रहँदा जनताका काम गरेको दाबी पनि गरे । 





प्रतिक्रिया दिनुहोस्