• २१ मंसिर २०८२, शनिबार

निर्धक्क भई मतदान गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज हुने हुने स्थानीय निर्वाचनमा निर्धक्क भई मतदान गर्न सबैलाई आह्वान गरेकी छिन्। 

आज हुने निर्वाचनका लागि दिएको शुभकानमा सन्देशमा राष्ट्रपति भण्डारीले निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको हुनाले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व भएको बताएकी हुन्। 

समाज र राष्ट्रका विकासका मुद्दाहरूलाई जनताको घरदैलोसम्म पुर्‍याउने विशेष अवसरका रूपमा हामीले निर्वाचनलाई ग्रहण गर्नुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु भएको बताएकी हुन्।  

उनले आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिकरूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको सत्यलाई व्यवहारमा प्रकट गर्ने सन्देशमा उल्लेख गरेकी छिन्। 





प्रतिक्रिया दिनुहोस्