• १ माघ २०८१, मंगलवार

विदुर १ को वडाध्यक्षमा एमालेका रन्जित विजयी

नुवाकोट, १ जेठ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका लेनिन रन्जित भारी मतले विजयी भएका छन् ।

केहीवेर अघि सम्पन्न भएको मतगणनामा आफ्ना निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका शंकर पाण्डेलाई एकसय ६१ मतले पराजित गरि रन्जित दोस्रो कार्यकालको लागि विदुर नगरापालिका वडा नमबर १ को वडाध्यमा निर्वाचित भएका हुन् ।

वडाध्यक्षमा विजयी भएका रन्जितले ५ सय ९९ मत प्राप्त गर्दा कांग्रेसका पाण्डेले ४ सय ३८ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका प्रकाश जोशीले २ सय ७२ मत प्राप्त गरेका छन् ।

महिला वडा सदस्यमा कांग्रेसी भगजती राजभण्डारीले ४ सय ८७ मत ल्याएर विजयी भएकी छिन् । त्यस्तै दलित महिला सदस्यमा एमालेकी विष्णुमाया सु्नार विजयी भएकी छिन् । उनले ४ सय १८ मत प्राप्त गरेकी छिन् ।

यस्तै खुल्ला सदस्यमा एमालेकै शिव खड्गे र राम गोपाल श्रेष्ठ विजयी भएका छन् ।





प्रतिक्रिया दिनुहोस्