• २१ माघ २०७९, शनिबार

लिखु ३ को अध्यक्षमा राम पुलामी मगरसहित कांग्रेसको प्यानल नै विजयी

नुवाकोट,१ जेठ । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका सिताराम पुलामी मगर भारी मतले विजयी भएका छन् ।

नुवाकोटको लिखु ३ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

वडा अध्यक्षमा नेपाली कांग्रेसका महासमिति सदस्य सिता राम पुलामीमगर(राम) विजयी भएका छन ।

पुलामीमगरले ८७९ मत प्राप्त गरेका छन ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सन्जिब बहादुर राईले ३९२ मत प्राप्त गरेका छन ।





प्रतिक्रिया दिनुहोस्