नुवाकोट, ४ जेठ । नुवाकोटको लिखु गाउँपालिकाको ६ वटा वडा मध्ये सबै वडा काँग्रेसमय बन्दा वडा नम्बर २ र ६ मा भने काँग्रेस उमेद्वारले नराम्रो हार स्विकार्नु परेको छ ।
लिखु गाउँपालिकाको वडा नम्बर २ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
नेकपा एमालेबाट वडाध्यक्षमा उमेद्वारी दिएका प्रेम थापामगर (ज्याक) को प्यानल नै विजयी भएको हो ।
लिखु गाउँपालिकाको सबै वडा तथा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ध्रुव श्रेष्ठ र उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै नेतृ शुभद्रा अधिकारी (उप्रेती) विजयी हुँदा वडा नम्बर २ मा भने ज्याक थापामगर एमालेको विरासत जोगाउन सफल भएका छन् ।
नेकपा एमालेमा रहेर विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय ज्याक युवा नेताका साथै राजनीतिको समक्ष र माहिर खेलाडी सावित भएका छन् ।
नेपाली कांग्रेस र माओवादीको राजनीतिक रस्कारस्कीबीच एक कुशल, जनप्रिय, सामाजिक, र जनसेवी युवा नेता भएकै कारण ज्याकलाई वडा नम्बर २ वासीले गरेको ठुलो समर्थन र सहयोग ले नै उनि वडाध्यक्षमा विजयी हुन सफल भएका हुन् ।
प्रेम थापामगर (ज्याक) ले वडाध्यक्षमा उमेद्वारी दिँदै गर्दा जनसमुदायमा लगेको कार्यक्रम र उनको काम गर्नै जोस र जाँगरलाई हेरेर युवा नेता भएकै कारण ज्याकलाई वडाध्यक्षमा निर्वाचित गराईएको वडावासीहरुको तर्क रहेको छ ।
त्यस्तै पालिकाको वडा नम्बर ६ मा पनि नेकपा माओवादी केन्द्रका युवा नेता सुमन भण्डारी वडाध्यक्षमा निर्वाचित भएका छन् ।
वडा नम्बर २ मा ज्याक र ६ मा भण्डारीको जित नेपाली कांग्रेस लिखुको लागि ठूलो चुनौती भएको छ ।
नेकपा एमाले निकट भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल अध्यक्ष देखि १ कार्यकाल पार्टी अध्यक्ष समेत भएका ज्याक आफ्नो वडामा एमालेका ७ वटै सिटका उमेद्वारहरुलाई जिताउन सफल भएका छन् ।
नेकपा एमाले लिखु गाउँपालिका २ को वडा कमिटी अध्यक्ष समेत रहेका ज्याक सामाजिक जागरण र विकासको अभियन्ता हुन् ।
युवाको नेतृत्व गर्दै आएका ज्याक सफल युवा ब्यावसायी हुन् ।
गत वैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनको दिन अन्तिम समयमा भएको चार दलिय गठबन्धन र उनलाई हराउन सारा काँग्रेसी र माओवादी शक्ति लाग्दा समेत जनताको साथ र समर्थनले उमेद्वारी दिएका ज्याक निर्वाचित भएका हुन् ।