• २१ माघ २०७९, शनिबार

विदुरको मेयरमा गठबन्धनका राजन श्रेष्ठ विजयी

नुवाकोट: नुवाकोटको विदुर नगरपालिकाको मेयरमा गठबन्धन दलका साझा उम्मेद्धवार कांग्रेसका राजन श्रेष्ठ विजयी भएका छन् ।

एमालेको गढको रुपमा रहेको विदुर नगरपालिकाको किल्ला भत्काउन गठबन्धन दलका साझा उम्मेद्धवारह श्रेष्ठ सफल भएका हुन् ।

विदुर नगरपालिकामा लगातार एमालेले नेतृत्व गरेपछि एमालेको गढ भत्काउन विदुर नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन गरेका हुन् ।

मेयरमा विजयी भएका राजन श्रेष्ठले एमालेका उम्मेद्धवार सञ्जु पण्डितलाई पराजित गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्