नुवाकोट, १२ जेठ । बेलकोटगढी नगरपालिकाका नवनिर्वाचित मेयर जगत बहादुर गुरुङले नगरपालिकाभित्रका स्वास्थ्य चौकीहरुका लागि सात वटा एम्बुलेन्स उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् ।
मंगलबार पदभार ग्रहण गर्दै मेयर गुरुङले आफ्नो पहिलो प्राथमिकता स्वास्थ्यमा भएकाले एम्बुलेन्स खरिदका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सोहि निर्णय समावेश गरी बजेट व्यवस्था गर्ने बताए ।
त्यस्तै उनले जेष्ठ नागरिक, बालबालिका, अशक्त र असहायका लागि निशुल्क एम्बुलेन्स सेवाको सुरुवात गर्ने समेत निर्णय गरेका छन् । उनले पालिकाभित्रै प्रसुति सेवा उपलब्ध गराउने र स्वास्थ्य उपचारकाे दायरा फराकिलो बनाउने उल्लेख गरेका छन् ।
साथै नगरपालिकाभित्र उत्पादित कृषिजन्य उत्पादनको बजारीकरण र पूर्वाधारमा समेत विशेष जोड दिने उल्लेख गरे ।