• ३ चैत्र २०८१, सोमबार

‘स्याबास् बालेन स्याबास्’ सार्वजनिक

काठमाडौं : काठमाडौं महानगरको मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका र्‍यापर बालेन साहलाई स्याबास् भन्दै ‘स्याबास् बालेन स्याबास्’ बोलको गीत सार्वजनिक भएको छ। नित्य डि कुँवरको शब्द, संगीत तथा स्वर रहेको गीत युट्युबमार्फत सार्वजनिक भएको हो। 

७ हजार मत गन्न बाँकी रहँदा बालेन यतिवेला २१ हजारभन्दा बढी मतले अग्रता लिइरहेका छन्। उनले जित्ने पक्का भइसकेको अवस्थामा उनको आँट र सोचको कदर गर्दै ‘स्याबास् बालेन स्याबास्’ बोलको गीत सार्वजनिक भएको हो। गीतमार्फत बालेनलाई जनताको सारथि भएर अघि बढ्न पनि सुझाव दिइएको छ। 

पेसाले स्ट्रक्चरल इन्जिनियर रहेका बालेनले मेयरको पदमा उम्मेदवारी दिँदा धेरैले जित्नेमा शंका गरेका थिए। उनले नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पछि पार्दै मेयर पदमा जित पक्का गरेका हुन्। मतगणनाको सुरुवातदेखि नै बालेनले नै अग्रता लिइरहेका थिए। ​





प्रतिक्रिया दिनुहोस्