नुवाकोट, १२ जेठ । बागमती प्रदेश राष्ट्रिय युवा परिषद युवा समिति नुवाकोटको अध्यक्षमा उद्धव पनेरु नियुक्त भएका छन् ।
प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयकाे मन्त्रीस्तरीय निर्णयबाट युवा परिषद नुवाकोटको अध्यक्ष पदमा नियुक्त भएका हुन् । पनेरु श्रीस्वस्थानी मिडियाका अध्यक्ष एवं एकीकरण अनलाईन पत्रिकाका अध्यक्ष हुन् ।
धादिङ जिल्लाको युवा समितिको अध्यक्षमा सुनिता सिंखडालाई नियुक्त गरिएको छ । सिंखडा खबरसिटी मिडिया प्रा. लि.का अध्यक्ष एवं सम्पादक हुन्।
यस्तै, मन्त्रालयले बागमती प्रदेशका अन्य पाँच जिल्लाहरु चितवन, मकवानपुर, दाेलखा, रामेछाप र सिन्धुलीमा पनि अध्यक्ष नियुक्त गरेका छन् ।
परिषद्ले युवाको नेतृत्व विकासदेखि स्वरोजगार बनाउने काम गर्दै आइरहेको छ । हाल नेपालमा कूल जनसङ्ख्याको ४०.३५ प्रतिशत युवाको जनसङ्ख्या रहेका छन् ।