• १२ जेष्ठ २०८३, मंगलवार

रेनु दाहाल सवार गाडी दुर्घटना

काठमाडौँ, १३ जेठ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ । शुक्रबार दिउँसो ललितपुरमा उनी चढेको गाडी दुर्घटनामा परेको हो । गाडी दाहालका श्रीमान्ले चलाएका थिए ।

प्रदेश ३–०१–०२३ नम्बरको गाडी दुर्घटनामा पर्दा सवार रेनु दाहाल घाइते भएकी छन् । उनको टाउकोमा सामान्य चोट लागेको छ । अहिले उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।

गाडीमा रेनुकी बहिनी गंगा दाहाल पनि थिइन् । रेनु बाहेक कसैलाई पनि चोट लागेको छैन । उनी सवार गाडी अनियन्त्रित भइ सडकको छेउमा रहेको पोलमा ठोक्किएको थियो । स्रोतका अनुसार रेनुको टाउकोमा चारवटा टाँका लगाइएको छ ।





प्रतिक्रिया दिनुहोस्