• २१ मंसिर २०८१, शुक्रबार

यसोदादेवी भगवान सिंह ट्रष्टद्धारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

नुवाकोट, १४ जेठ । यसोदादेवी भगवान सिंह मेमोरियल ट्रष्टले नुवाकोटको दुप्चेश्वरमा निशुल्क स्वास्थ्य शिविर गरेको छ ।

विभिन्न सामाजिक कार्यहरु गर्दै आएको ट्रष्टले दुप्चेश्वर गाँउपालिकाको वडा नम्बर ३ राउतबेसीमा बिशेषज्ञ डाक्टरहरु सहितको टिमबाट एकदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
 
निशुल्क शिविरबाट १ सय ५० जना भन्दा धेरै बिरामीहरुले सेवा लिनुका साथै निशुल्क औषधी बितरण गरिएको ट्रष्टका अध्यक्ष डाक्टर केदार नरसिंह केसीले जानकारी दिनुभएको छ । 
 

यसोदादेवी भगवान सिंह, यसोदादेवी भगवान सिंह मेमोरियल ट्रष्ट,  दुप्चेस्वर गाँउपालिका

निशुल्क स्वास्थ्य शिविरसंगै ट्रस्टले उक्त भेगमा कार्यरत महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सम्मान गर्नुका साथै कौकेश्वरी माध्यामिक बिद्यालयलाई कम्प्युटर समेत हस्तान्तरण गरेको छ ।

शिविरको लागी फाईभ हन्ड्रेड एण्ड फिप्टी फाईभ माईल्स ट्राभल एण्ड टुर्स र अरा नेपाल नामक संस्थाको सहकार्य रहेको थियो । 

नुवाकोट लगायत अन्य जिल्लाहरुमा समेत सामाजिक कार्यहरुमा योगदान पु¥याउदै आएको ट्रष्टले आगामी दिनमा पनि निरन्तर सामाजिक कार्यको लागी निरन्तर लागिरहने ट्रस्टका अध्यक्ष डाक्टर केसीले बताउनुभएको छ । 

यसोदादेवी भगवान सिंह, यसोदादेवी भगवान सिंह मेमोरियल ट्रष्ट,  दुप्चेस्वर गाँउपालिका
यसोदादेवी भगवान सिंह, यसोदादेवी भगवान सिंह मेमोरियल ट्रष्ट,  दुप्चेस्वर गाँउपालिका




प्रतिक्रिया दिनुहोस्