• २ फाल्गुन २०८१, शुक्रबार

किसानलाई मल दिन काँग्रेस जिल्ला सभापति रमेशकुमार महतको अपिल

नुवाकोट, १५जेठ । नेपाली काँग्रेस नुवाकोटका जिल्ला सभापति रमेश कुमार महतले किसानलाई मल दिन अपिल गरेका छन् ।

कृषि पेशामा आश्रित नुवाकोट जिल्लाका सम्पुर्ण कृषकहरुको रासायनिक मल अभावका सन्दर्भमा व्यापक गुनासोलाई सम्बोधन गर्दै नेपाली काँग्रेस नुवाकोट कार्य समितिले ध्यानाकर्षण गराएको छ ।

जिल्लाको अधिकांश खेतीयोग्य जमीनहरुमा अहिले धान, मकै लगायतका बर्षे बालीको समय हो र अबको केही सातामा जिल्लाभर असारे धान रोपाईं शुरु हुँदैछ ।

केही महिना अघिदेखी कृषकहरुले भोगिरहनु परेको खेती लगाउनको लागि अत्यावश्यक रासायनिक मलको चरम अभाव अझै कायम रहेको अवस्था छ र यथाशिघ्र मलको उचित प्रबन्ध नगरिए बर्षे बालीको उत्पादनमा अत्याधिक ह्रास आउने छ ।

यस बिषयमा नेपाली काँग्रेस नुवाकोट, नेपाल सरकार लगायत सरोकारवाला निकाय सबैमा गम्भिर ध्यानाकर्षण गराउँदै, कृषकको आधारभुत आवश्यकता रासायनिक मलको तत्काल प्रबन्ध गरी जिल्लाका कृषकहरुलाई सर्वसुलभ ढंगबाट मल उपलब्ध हुने व्यवस्था मिलाउन नेपाल सरकार समक्ष नेपाली काँग्रेस नुवाकोटका जिल्ला सभापति रमेशकुमार महतले अपिल गरेका छन् ।

May be an image of tree and text




प्रतिक्रिया दिनुहोस्