नुवाकोट, १५ जेठ । गणतन्त्र दिवशका अवसरमा विदुर नगरपालिकामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको १३ वर्ष पूरा भएको अवसरमा नगरपालिकाले कार्यालय परिसर र नगरका मुख्य चोकहरुमा सरसफाई कार्यक्रम आयोजना गरेको हो ।
दिवशका अवसरमा नगर क्षेत्रभित्र रहेका सदरमुकाम र आसपासका विभिन्न बजारमा सरसफाई कार्यक्रम आयोजना गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।
“गणतन्त्र दिवसको अवसर पारेर हामी केहि जनप्रतिनिधी र कर्मचारी मात्रै भेला भएर नगरपालिका परिसरमा सरसफाइ गर्यौँ” – नगरप्रमुख श्रेष्ठले भने ।
कार्यक्रममा नगरप्रमुख श्रेष्ठसहित उपप्रमुख प्रभाा वोगटी, प्रमुख प्रशासकीय अधिकृत , विभिन्न वडाका वडाध्यक्षहरु लगायत कार्यपालिका सदस्यहरु र कर्मचारीहरीहरुको सहभागीता रहेको बताइएको छ ।