• ९ माघ २०८१, बुधबार

आ.व. ०७९/०८० को बजेटको राय सुझाव उपलब्ध गराउन विदुर नगर प्रमुख राजन श्रेष्ठको अनुरोध

नुवाकोट, १६ जेठ । नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले नगरपालिकाको आगामी आ. व. ०७९/०८० को बजेटको लागि राय सुझाव उपलब्ध गराउन आग्रह गरेका छन् ।

विदुर नगरका प्रमुख राजन श्रेष्ठको सोमबार सूचना प्रकाशित गर्दै सम्पूर्ण नगरवासीलाई आफ्नो राय सुझाव दिन अनुरोध गरेका छन् ।

“स्थानीय तहको निर्वाचन २०७९ पश्चात्‌ हामी निर्वाचित जनप्रतिनिधीहरुले पद तथागोपनीयताको शपथ लिइ आआफूनो पदको कामको जिम्मेबारी यहि मिति २०७९ जेठ ९ गतेबाट प्रारम्भ गरिसकेको व्यहोरा आम विदुर नगरबासीमा जानकारी गराउन चाहन्छौँ ।”- नगर प्रमुख श्रेष्ठले भने ।

यसै सन्दर्भमा नगरपालिकाको आगामी बर्षको नीति, योजना, कार्यक्रम र बजेट असार १० गते भित्र नगरसभामा पेश गर्नुपर्ने स्थानीय सरकार संचालन ऐन, २०७४ को व्यवस्था का विषयमा आम नगरबासी, राजनीतिक दल, स्थानीय संघसंस्था, समाजसेवी, बुद्धिजिबीको तर्फबाट आवश्यक राय, सुझाव, परामर्श नगरपालिकाको ईमेल info@bidurmun.gov.np / munbidur@gmail.com मा वा लिखित प्रति नगरपालिकाको कार्यालयमा मिति २०७९ जेठ २५ गते भित्र उपलब्ध गराउन सकिने नगरप्रमुख श्रेष्ठले बताएका छन् ।

No photo description available.




प्रतिक्रिया दिनुहोस्