• २ फाल्गुन २०८१, शुक्रबार

प्रदेश स्तरिय वक्तृत्वकला प्रतियोगितामा नुवाकोट र रसुवाका सहभागीहरुको प्रतिस्पर्धा २५ गते नुवाकोट केन्द्रमा हुने

नुवाकोट, २० जेठ । बागमती प्रदेश युवा परिषद्को आयोजनामा वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ ।

बागमती प्रदेशका सबै जिल्लाहरु सहभागी रहने उक्त प्रतियोगितामा ५ ओटा केन्द्रहरु रहेका छन् ।

प्रदेश स्तरिय प्रतियोगिताको शिर्षक सिर्जनशीलता र उद्यमशीलता प्रवर्द्धन बागमतीमा युवा सशक्तीकरण भन्ने रहेको छ ।

प्रतियोगिताको समयतालिका अनुसार नुवाकोट र रसुवा जिल्लाका सहभागीहरुको प्रतियोगिता आगामी २५ गते नुवाकोट केन्द्रमा हुने आयोजक प्रदेश युवा परिषद्ले जनाएको छ ।

प्रतियोगिता आगामी २२ गते देखि सुरु भएर २९ गते सम्पन्न हुने छ ।

स्थानीय तह हुँदै जिल्लाबाट छनोट भएका प्रतियोगीहरु प्रदेश स्तरिय प्रतियोगितामा सहभागि हुन पाउनेछन् ।

साथै, प्रदेश स्तरिय प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने ले क्रमशः ३० हजार , २५ हजार, २० हजार र सान्त्वनाले १० हजार पुरस्कार रकम प्राप्त गर्ने छन् ।





प्रतिक्रिया दिनुहोस्