• १७ माघ २०७९, मंगलवार

लिखु गाउँपालिकामा पहुँचको भरमा हैन आवश्यकता अनुसार बजेट बिनियोजन गरिने

नुवाकोट, २२ जेठ । नुवाकोटको लिखु गाउपालिकाको २ वडाको वडा कार्यालय भवनको उद्घाटन भएको छ । पालिकाको वडा नंम्बर ५ र वडा नंम्बर ३ को नवनिर्मित वडा कार्यालय भवनको गत सोमबार उद्घाटन भएको हो ।

वडा नं ५ को भवन कन्टेन्जेन्सी समेत गरेर ३८ लाख ९३ हजार ५ शय ५ मा निर्माण भएको हो भने वडा नंम्बर ३ को वडा कार्यालय भवन साविक सुर्यमती गाविसको कार्यालय भवन लाई मर्मत गरि सेवा प्रभाव गरिएको हो । भवनको उद्घाटन गर्दै लिखु गाउपालिकाका प्रमुख ध्रुव श्रेष्ठले आफु शासक नभई सेवक भएर काम गर्न आएकोले सोही अनुरुप कर्मचारीहरुले पनी सहयोग गर्नु पर्ने बताउनु भयो। उहाले कसैको पहुचको भरमा हैन आवश्यकता लाई मध्यनजर गरि बजेट बिनियनज गाउपालिका बाट हुने बताउनु भयो ।

यस्तै कार्यक्रममा लिखु गाउपालिकाका उपाध्यक्ष शुभद्रा अधिकारीले आफु पैसा कमाउनको लागी उपाध्यक्ष नभएको बताउदै लिखु लाई सम्बृद्ध लिखु बनाउनको लागी उपाध्क्ष भएको बताउनु भयो । उहाले पैसाको प्रलोवनमा परि आफुले कुनै गैरकानुनी काम नगर्ने र अरु लाई पनी गर्न नदिने बताउनु भयो ।

यस्तै लिखु गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत महेश बहादुर बमले स्थानिय सरकारले सिंहदरवार सोसरह सेवा सुबिधा दिने भएकोले सेवा प्रभाह लाई गुणस्तरिय बनाउन जनप्रतिनिधिहरु लाई कर्मचारिहरुको तर्फ बाट सदैव सहयोग रहने बताउनु भयो ।

कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष नरहरी पाण्डेले जुनसुकै पार्टी बाट निर्वाचित भए पनी जनताको सेर्वा ईमान्दारिताको साथ गर्नु पर्ने बताउनु भयो । उहाले सासक नभई सेवकको रुपमा अगाडी बढी जनता लाई सेवा दिन आग्रह गर्नु भयो ।

यस्तै लिखु गाउपालिका वडा नं ३ का वडा अध्यक्ष सिताराम पुलामी मगरले चुनाव भन्दा अगाडी बोलेको हरेक एजेन्डाहरु प्ुारा गर्ने प्रतिबद्धता ब्यक्त गनुभयो । मगरले आफु कुरा भन्दा काममा बिश्वास गर्ने भएकोले ५ बर्ष भित्रमा लिखु गाउपालिका वडा नं ३ लाई नुवाकोटकै नमुना वडा बनाउने बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेस लिखु गाउपालिकाका सभापती बिनोद पाठकले जनप्रतिनिधिले गरेको कामको मुल्याङ्कन जनताले गर्ने कुनै पनी कमिकमजोरी नगरि जनताको सेव ागर्न जनप्रतिनिधि लार्इै आग्रह गर्नुभयो ।

कार्यक्रममा लिखु गाउपालिका वडा नं ५ का निवर्तमान वडा अध्यक्ष रामकृष्ण श्रेष्ठले आफ्नो कार्यकालमा उत्कृष्ट कामहरु भएको बताउनु भयो । श्रेष्ठले आफुले जग बसालेको कामहरु लाई निरन्तरता दिन समेत आग्रह गर्नु भएको छ । कार्यक्रममा नेकपा एमाले लिखु गाउपालिकाका अध्यक्ष दुर्गा पुडासैनी , एकृकित समाजवादी लिखु गाउपालिकाका अध्यक्ष जगदिश पाठक, कार्यपालिकाका सदस्यहरु लगाएतको उपस्थिती रहेको थियो ।

यो समाचार अनलाईन नुवाकोटमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्