• २९ माघ २०८१, मंगलवार

मंसीरमा हुने आम निर्वाचनमा विद्युतिय मतदान, देउवा सरकारको चौतर्फी प्रसंशा

काठमाडौं । निर्वाचन आयोगले ढिलोमा आगामी १० मंसिर भित्र मतदान सक्नेगरी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको अनौपचारिक तयारी थालेको छ ।  निर्वाचन आयोगका एक आयुक्तका अनुसार अहिलेसम्म पदाधिकारीहरुको बैठकमा औपचारिक रुपमा आगामी निर्वाचनका बारेमा छलफल सुरु भएको छैन । अनौपचारिक रुपमा भने दशैंतिहार लगत्तै निर्वाचन गर्नुपर्नेवारे छलफल भएको उनी बताउँछन् ।

२२ मंसिरपछि अहिलेको प्रतिनिधि सभा र प्रदेश सभाको अवधि सकिने, त्योभन्दा ज्यादा अघि पनि दशैंतिहार जस्ता चाडवाड पर्ने भएकाले मंसिर लागेपछि १०–१२ गतेभित्र निर्वाचन हुनेगरी आयोगले तयारी थालेको हो । 





प्रतिक्रिया दिनुहोस्