• १८ माघ २०७९, बुधबार

अखिल क्रान्तिकारीमा देखिएको विवादमा दुबै पक्षलाई बोलाएर छलफल गर्ने माओवादीको निर्णय

काठमाडौं : नेकपा माओवादी केन्द्रको पूर्व स्थायी समिति बैठकले अखिल क्रान्तिकारीमा देखिएको विवाद दुबै पक्षलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ । 

पूर्व स्थायी समितिको बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले अखिल क्रान्तिकारीका दुबै पक्षसँग छलफल गरेर निकास निकाल्ने विषयमा निर्णय भएको बताइएको छ । 

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह भइसकेपछि अर्को पक्षले विवाद निकालेको छ । अखिल क्रान्तिकारीको अध्यक्षमा सिंह भएपछि पवन कार्की पक्षले विवाद निकालेको हो । 

तत्कालीन संगठनका सचिव कार्की महासचिव हुन खोजेका थिए । कार्कीलाई उपाध्यक्ष बनाएर महासचिवमा दीपेश पुनलाई बनाएपछि उनले छुट्टै भेला गर्दै आएका छन् । 

संगठन विपरित गतिविधि गरेको भन्दै अध्यक्ष सिंहले कार्कीलाई स्पष्टीकरण समेत सोधकी थिइन् । कार्कीले स्पष्टीकरणको जवाफ नदिएर अटेर गरेका थिए । उल्टै संगठनको निर्णय विपरित आइतबार उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रम राखेका थिए । 

अखिल क्रान्तिकारीमा थप विवाद बढ्ने भएपछि शनिबार बेलुका खुमलटार छलफलमा पूर्व स्थायी समिति बैठकबाट निकास निकाल्ने समझदारी भएको थियो । 

प्रचण्ड सहित नारायणकाजी श्रेष्ठ र वर्षमान पुन लगायत नेताहरुले पूर्व स्थायी समिति बैठकमा छलफल गरेर निकास निकाल्ने सहमति भएपछि प्रशिक्षण रोकिएको थियो । अब लामो समयदेखि अखिल क्रान्तिकारीमा हुँदै आएको विवाद समाधान हुन बताएको छ ।





प्रतिक्रिया दिनुहोस्