• १६ चैत्र २०८०, शुक्रबार

ईलाका प्रहरी कार्यालय ढिकुरेको लिखुमा एकै दिन दुई एक्सन, दुवै सफल

नुवाकोट, २५ जेठ । नुवाकोटमा पछिल्लो समय चोरको विगविगी बढ्दै गएको हल्ला सुनिने गरेको छ । यो हल्ला मात्र हो कि यस घटनामा के कति सत्यता छ बुझ्न कठिन छ । तर स्थानिय वासीका अनुसार केही दिन यता नुवाकोटमा कालो नकाबधारी चोरहरुले आतंक मच्चाइरहेका छन् ।

जिल्लाभर यस्तो हल्ला चलिरहँदा नुवाकोटको लिखु गाउँपालिका स्थित ईलाका प्रहरी कार्यालय ढिकुरेका ईन्चार्ज प्रहरी नायव निरीक्षक हरिमान शाक्य एक शंकास्पद व्यक्तिलाई पक्राउ गर्न सफल भएका छन् ।

स्थानियले चोरको रुपमा शंका गरेका व्यक्तिलाई स्थानिय एक महिलालाइ अभद्र व्यवहार गरेको आरेपमा पक्राउ परेका छन् ।

लिखु गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका वर्ष २५ को रोशन राई नाम गरेका आरोपीलाई ईलाका प्रहरी कार्यालय ढिकुरेका ईन्चार्ज प्रहरी नायव निरीक्षक हरिमान शाक्यले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नुवाकोटमा बुझाएको र हाल राई विरुद्ध मुद्धा दर्ता गरि अनुसन्धानको लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बागमती प्रेसलाई जानकारी दिए ।

प्रहरी नायव निरीक्षक शाक्यको नेतृत्वमा लिखु १ मा चितुवा समाती डिभिजन वन कार्यालय पठाइयो

त्यस्तै प्रहरी नायव निरीक्षक हरिमान शाक्यको नेतृत्वमा जिल्लाको लिखु गाउँपालिका वडा नम्बर १ सानिटारमा घाइते चितुवा समाती डिभिजन वन कार्यालय नुवाकोट पठाइएको छ ।

सोमबार विहान मकै बारीमा स्थानियले घाइते चितुवा सुतिरहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानियले खबर गरेपछि वन कार्यालयका कर्मचारी सहित प्रहरीहरु उक्त ठाउँमा पुगेको र चितुवालाई नियन्त्रणमा लिई डिभिजन वन कार्यालय नुवाकोट पठाइएको स्थानियले बागमति प्रेसलाई जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्