काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बुधबार गौतमलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयले गौतम एआईजीमा बढुवा भएका हुन् ।
समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले गौतमलाई हार्दिक बधाई दिँदै उनले कार्यक्षमता, योग्यता, कार्यकुशलता र व्यावसायिकताको मुल्यांकन गर्दै नेपाल सरकारले बढुवा गरेको बताए । उनले गौतमलाई आगामी कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरे ।
सोही कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती अनिता अर्यालले संघकी नवनियुक्त उपाध्यक्ष श्रीमती मुना शर्मा गौतमलाई फुलमालाकासाथ हार्दिक बधाई दिँदै संघमा स्वागत गरेकी थिइन् ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायतसशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीका साथै सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीको उपस्थिति थियो ।