• ९ माघ २०८१, बुधबार

वागमती प्रदेश युवा परिषद्को वक्तृत्वकला सम्पन्न, नुवाकोटबाट रामेश्वर गजुरेल र विविना लामिछाने प्रथम

नुवाकोट: वागमती प्रदेश युवा परिषद्को आयोजनामा युवा प्रतिभा पहिचान कार्यक्रम अर्न्तगत वक्तृत्वकला प्रतियोगिता नुवाकोटको विदुरमा सम्पन्न भएको छ ।

“सिर्जनशीलता र उद्यमशिलता प्रवर्द्धनःवागमतिमा युवा सशक्तीकरण“ विषयक शिर्षकको वक्तृत्वकला प्रतियोगितामा नुवाकोट जिल्लाकाे आठ र रसुवा जिल्लाका चार जना युवा युवतीको सहभागीता रहेको थियो ।

No description available.

१६-२४ उमेर समूहको खुल्ला वक्तृत्वकला प्रतियोगितामा नुवाकोटवाट वेलकोटगढी नगरपालीकाकी विविना लामिछाने र रामेश्वर गजुरेल तथा रसुवावाट कालिका गाउँपालिकाकी कृतिका पौडेल र नौकुण्ड गाउँपालीकाकाे दावाछिरिङ लामाले प्रथम स्थान जितेका छन् ।

No description available.

विजेताहरु लाई जनही नगद तीन/तीन हजार रुपैया पुरस्कार प्रदान गरिएको छ । विजेताहरुले आगामी असार ४ गते हेटौडामा आयोजना गरिएको प्रदेशस्तरिय वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउने जिल्ला युवा समिति नुवाकाेटका अध्यक्ष उद्वव पनेरुले जानकारी दिनुभएको हाे।

No description available.

कार्यक्रममा वागमती प्रदेश युवा परिषद् कार्यलय प्रमुख रमेश घिमिरे,जिल्ला शिक्षा समन्वय कार्यलयका प्रतिनिधि,विभिन्न बिधालयका प्रतिनिधि तथा शिक्षक शिक्षिकाहरु,पत्रकार देवचन्द्र भट्ट,लगाएतकाे उपस्थिति रहेकाे थियाे।

No description available.

साथै,वागमति प्रदेश युवा परिषद स्थापना दिवसका अवसरमा वुधवारै नुवाकोटको देवीघाटस्थित वृद्धाश्रममा फलफुल वितरण गरिएको छ । नुवाकोट युवा परिषदका अध्यक्ष उद्धव पनेरुको नेतृत्वमा देवीघाट ज्येष्ठ नागरिक तथा अध्ययन प्रतिष्ठानमा रहेका वृद्धवृद्धाहरुलाई फलफुल वितरण गरिएको हो ।

No description available.
No description available.




प्रतिक्रिया दिनुहोस्