नुवाकोट, ४ जेठ । लिखु गाउँपालिका वडा नम्बर ४ का जनप्रतिनिधि राजेन्द्र श्रेष्ठ जिल्ला समन्वय समिति नुवाकोटको सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
स्थानिय समाजसेवीका रुपमा परिचित श्रेष्ठ गत वैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका थिए ।
जिल्ला समन्वय समिति नुवाकोटको प्रमुखमा माओवादी केन्द्रका राजिन्द्र विक्रम सिंह ठकुरी निर्विरोध चयन भएका छन् ।ठकुरी माओवादी केन्द्रका हुन। त्यस्तै समितिका उपाध्यक्षमा दलबहादुर तामाङ निर्विरोध निर्वाचित भएका छन् ।दलबहादुर नेपाली काङ्ग्रेसका हुन ।
जिल्ला समन्वय समिति नुवाकोटको प्रमुख ,उपप्रमुख र सद्स्य पदमा सबै पदाधिकारी निर्बिरोध निर्बाचित भएका हुन ।
सदस्यहरुमा नेपाली काङ्ग्रेसबाट राजेन्द्र श्रेष्ठ, माओवादी केन्द्रका रामचन्द्र पौडेल, नेपाली काङ्ग्रेसका मोहन पुडासैनी, माओवादी केन्द्रका सम्झना सेढाई ,नेपाली काङ्ग्रेसकी सन्तोषी देवकोटा, नेपाली काङ्ग्रेसकी कान्छी सुनवार, माओवादी केन्द्रबाट धनमाया विक चयन भएका छन् ।नुवाकोटमा जिल्ला समन्वय समिति गठन गर्न सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेको थियोे ।