काठमाडौँ : नेपाली कांग्रेसका नेता डा केदारनरसिंह केसीले नुवाकोट क्षेत्र नम्बर १ बाट चुनाव लड्न चाहेको बताएका छन । २०४८ सालपछिका कुनै पनि निर्वाचनमा आफ्नो जन्मथलोबाट प्रतिनिधित्व गर्ने गरी अघि बढ्न नपाएको भन्दै नेता केसीले क्षेत्र नम्बर १ बाट चुनाव लड्न चाहेको बताएका हुन ।
कांग्रेस प्रवक्ता डा प्रकाशरण महतले क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरेको प्रचार भएको तेस्रो दिननै बिहीबार डा केसीले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन । यद्यपी उनले आफ्नो परिवारमा सल्लाह गरेर थि निर्णय लिने बताएका छन ।
केसीका चार दाजुभाइ कांग्रेसकै प्रत्यक्ष राजनीतिमा रहेका छन । जेठो अर्जुननरसिंह केसी, स्वयं केदार, जगदिश्वरनरसिंह र धनन्जयनरसिंह कांग्रेसको पूर्णकालीन राजीतिमा रहेका छन ।
चिकित्सकको रूपमा सामाजिक छवि समेत बनाएका केसीले क्षेत्र नम्बर १ बाटै चुनाव लड्ने तयारी गरेपछि डा प्रकाशरण महत भने धर्मसंकटमा परेका छन । उनी एक पटक नुवाकोटमा चुनाव लडेर पराजित भएपछि काठमाडौँ क्षेत्र नम्बर ५ चुनाव लड्न गएका थिए ।
केसीले बिहीबार सामाजिक सञ्जालमा लेखेको टिप्पणी उनै भाषामा तल पढ्न सक्नुहुन्छ ।
आगामी संघीय चुनाव का लागि उम्मेद्बारी घोषणा सुरुभएको छ । नुवाकोट जिल्लामा २सिट संघ मा र चार सिट प्रदेश मा रहेको अबस्थामा विभिन्न कोण बाट विभिन्न साथिहरुले आफुलाइ प्रस्तुत गर्नु स्वभाबिककै हो तर पनि यस्लाइ जिल्ला भरिको बरिस्ठ नेताहरु आम कार्यकर्ता संग छलफल भएको भए राम्रो हुन्थ्यो अहिले अधिकामस मतदाता सजग र सचेत छन त्येस्को उदारण दिइरहन परेन।
हामिले अथवा हाम्रो परिबार ले झण्डै झण्डै ६० बर्ष को सेरोफेरोमा नुवाकोट का दाज्युभाइ दिदिबहिनी सग प्रत्रेक्षरूपमा सुख दुखमा समलग्न हुदै आएका छौ।बिगत ०४८साल पछि का कुनै पनि निर्वाचन मा हामि आफ्नै जन्माथलो बाट प्रतिनिधित्व गर्न पाएका छैनौ।
म अर्जुन दाइ र रामशरण दाइ पछि जिल्ला अथबा रास्ट्रस्थर का आन्दोलन मा प्रत्रेक्ष सहभागी छु ०३६ को जनमत सग्रहमाहोस, ०४६ को आन्दोलन मा झण्डै असफल भएको आन्दोलनलाइ चिकित्सक र स्वास्थ कर्मिहरुलेगरेका भुमिका को अग्र मोर्चा रहेर होस , अथवा ०६२/६३ को जन आन्दोलन लाई परिचालन गरेरहोस अथबा जिल्ला कुनै पनि प्राकृति प्रकोप लागायत सामाजिक काममा मेरो समलगनता रहदै आएको छ आगामी दिनमा विवेक पुर्ण असल आचरण का साथ पक्षपात बिहिन सहयोग गर्ने इच्छा भएको र अहिले सम्म मैले आदरणीय नुवाकोटे दाज्यु भाइ दिदिबहिनी सग कुनै सहयोग मागेको पनि छैन ।
म एकपटक भन्दा बडी चुनाब लड्ने पनि छैन तसर्थ आगामी सघिय चुनाब मा एक न क्षेत्र नुवाकोट बाट मैले चुनाब लड्ने बिचार राखेको छु हाम्रो परिबारिक राजनीतिमा म आफै मात्र निर्णय पनि गर्दिन परिबारिक राय सल्लाह बाट नै सबैथोक हुन्छ तर सधै केन्द्र बाट एकनासे निर्णय नहोस् भन्ने मात्र चाहाना हो । आगे हजुर हरुको मर्जि।