• ९ माघ २०८१, बुधबार

लायन्स क्लब अफ काठमाडौं लाफिङ बुद्धको अध्यक्षमा अधिकारी र सचीवमा भट्ट निर्वाचित

नुवाकोट : लायन्स क्लब अफ काठमाडौं लाफिङ बुद्धको अध्यक्षमा युवा व्यवसायी रमेश अधिकारी सचीव मा कृष्ण प्रसाद भट्ट निर्वाचित भएका छन् ।

शनिबार काठमाडौंमा आयोजित क्लबको निर्वाचनबाट अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

यस क्लब को संस्थापक अध्यक्ष गणेश शर्माको अध्यक्षतामा आयोजित उक्त अधिवेशनबाट क्लबको प्रथम उपाध्यक्षमा सरिता कुमारी चापागाईं, द्वितीय उपाध्यक्षमा रमेश पाठक निर्वाचित भएका छन् । त्यस्तै सचिवमा कृष्णप्रसाद भट्ट, सह सचिवमा कैलाश न्यौपाने, कोषाध्यक्षमा जानुका आचार्य, टेइल टुइस्टरमा कृष्णप्रसाद सुवेदी चयन भएका छन् ।

No description available.

संस्थापक अध्यक्ष सामाजिक अभियान्ता एबम प्रभाबशाली ब्यक्ति गणेश शर्माले सुरुमा यो क्लब खोल्दा केही कठिन केहि अभाब महसुस भएपनी अब सबै नीति र पद्धति मा ज्ञन भैसकेकोले निर्वाचित पदाधिकारीलाई केही सहज हुने साथै आफुले उल्लेख्य सहयोग गर्ने बताउनु भयो ।

केही अन्तर्राष्ट्रिय रुपमा जुन मुल मर्म बोकेर यो क्लब खोलिएको छ सोही अनुसार नै सक्रिय भएर सामाजिक कार्यमा तल्लिन हुने अध्यक्ष अधिकारी ले बताउनु भयो । सस्थालाई ब्यबस्थित पारदर्शी र सहि तबर ले संचालन गर्न सबै पक्ष कोसाथ सहयोग र उचित आर्थिक ब्यबस्थापन समेत हुन पर्नेमा कोषाध्यक्ष जानुका आचार्यले बताउनु भयो ।





प्रतिक्रिया दिनुहोस्