• २४ मंसिर २०८१, सोमबार

बौद्धमा २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

काठमाडौं : काठमाडौंको बौद्धमा २४ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार भएको छ। बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा होटल सञ्चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ४ घर भई बौद्ध बस्ने आङ्निमा शेर्पा, काठमाडौंका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका २ का रिन्जेन शेर्पा र सर्लाहीको बागमती घर भएका ३४ वर्षीय उत्तम लामा छन्।

गत आइतबार दिउँसो उनीहरुले काठमाडौं महानगरपालिका ६ बौद्धस्थित लुङता गेष्ट हाउसमा लगेर २४ वर्षीया युवतीलाई पालैपालो जबरजस्ती करणी गरेका प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पीडित युवतीको उजुरीको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले  काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।





प्रतिक्रिया दिनुहोस्