काठमाडौं : धादिङको थाङ्क्रे गाउँपालिका– १ स्थित खयरघारीमा सवारी दुर्घटना हुँदा चारजना घाइते भएका छन्।
झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसले ओभरटेक गर्ने क्रममा काठमाडौंबाट मनकामना जाँदै गरेको ट्याक्सी दुर्घटनामा परेको हो।
घाइते ट्याक्सीमा सवार चारैजनालाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।
ओभरटेक गर्ने बसलाई प्रहरीले सिम्ले चौकीमा राखिएको छ।