• २६ कार्तिक २०८१, सोमबार

विदुर नगरलाई राम्रो नगर बनाउने अभियानको पहिलो खुड्किलो ढल व्यवस्थापन र सरसफाई हो : नगर प्रमुख श्रेष्ठ

नुवाकोट, ६ असार । नुवाकोटको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले सोमबार नगरको विभिन्न वडाहरुमा गई विदुर ढल व्यवस्थापनको अनुगमन गरेका छन् ।

No description available.

विदुर ढल व्यवस्थापन कार्यक्रम अन्तर्गत नगरपालिकाको २, ४, ५ र ६ नम्बर वडाको ढल व्यवस्थापन कार्यको अनुगमन गरिएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए ।

No description available.


करिब ७० करोडको बजेटमा बन्न लागेको विदुर ढल व्यवस्थापनले नगरपालिकाको सरसफाईको क्षेत्रमा महत्वपूर्ण सहयोग पुर्याउने अनुमान गरिएको छ ।

No description available.

विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठले विदुर नगरपालिकालाई राम्रो नगरपालिका बनाउने अभियानको पहिलो खुड्किलो सरसफाई भएको बताएका छन् ।

No description available.

नगर प्रमुख श्रेष्ठले नागरिकको स्वास्थ्य र नगरपालिकाको शानसँग जोडिएको विषय सरसफाई भएकाले यसलाई प्रभावकारी बनाउने बताएका हुन ।

उनले स्थानीय तहका जनप्रतिनिधिहरुले जनताले अनुभूतिहुने गरी काम गर्नु पर्ने बताएका छन् ।

No description available.

नगर शौन्दर्यता प्रमुख चुनौति बनेका बेला नगरस्तरीय ढल व्यवस्थापन, लगायत सरसफाई योजनाले सक्षम वातावरण बनाउनमा केन्द्रित हुँदा अनसाइट होस् वा ढल, र केन्द्रीकृत वा विकेन्द्रीकृत, स्थानीय रूपमा अनुकूलित समाधानहरूको विस्तृत दायरालाई प्रवद्र्धन गरी सुरक्षित रूपमा व्यवस्थित सरसफाइ सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।

No description available.




प्रतिक्रिया दिनुहोस्