• २३ पुष २०८१, मंगलवार

म्यागङको सामरी स्वास्थ चौकीमा १० दिने स्वास्थ्य स्वयम् सेविका आधारभूत तालिम सम्पन्न

नुवाकोट : नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका अन्तर्गतको सामरी स्वास्थ चौकीमा रास्ट्रीय महिला सामुदायिक स्वास्थ्य स्वयम् सेबिकाको १० दिने आधारभूत तालिम सम्पन्न भएको छ। उक्त प्रशिक्षण कार्यक्रम आज असार ९ गते सम्पन्न भएको हो।

गत जेठ ३१ गतेदेखि शुरु भएको उक्त कार्यक्रममा मुख्य प्रशिक्षक जनस्वास्थ्य निरीक्षक सन्दिप सापकोटा रहेका थिए भने स्वास्थ्य शाखा प्रमुख कुमार लाल श्रेष्ठ स्वास्थ्य कार्यलय नुवाकोटका परिवार नियोजन अधिकृत बासुदेब अधिकारीको उपस्थिति रहेको थियो।

साथै उक्त समापन कार्यक्रममा पालिका प्रमुख आशा तामाङ, उपप्रमुख सीता तामाङ लगायत वडा नं १ अध्यक्ष जिमाबहादुर तामाङ, वडा नं ३ अध्यक्ष हरिबहादुर तामाङ ,वडा नं ५ अध्यक्ष जितबहादुर तामाङ र व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नं ६ का अध्यक्ष हरिकुमार तामाङको उपस्थिति रहेको थियो।

यसैगरी अन्य स्वास्थ्य कर्मी डम्बर न्यौपाने, दिपा तामाङ ,बिनोद श्रेष्ठ र नागरिक आरोग्य केन्द्रका प्रमुख गोबिन्द धामीबाट योगाको प्रशिक्षण समेत गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस्