• ६ चैत्र २०८१, बिहीबार

बुढीगंगा नगरपालिकामा आज पुनः मतदान

नुवाकोट ,२३ असार । विवादका कारण स्थगित भएको बाजुराको बुढीगंगाको निर्वाचनका लागि आज मतदान भैरहेको छ । निर्वाचनमा बुढीगंगा नगरपालिकाका १२ हजार ६५९ मतदाता छन् ।  १० वटा बुथमा १९ वटा मतदान केन्द्र छन् ।

देशभरका ७५३ स्थानीय तहमध्ये निर्वाचन हुन बाँकी बुढीगंगा नगरपालिकामा बिहीबार बिहानदेखि पुनः निर्वाचन भैरहेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए । अधिकृत घिमिरेका अनुसार पुनः हुने निर्वाचनका लागि शान्तिपूर्णरूपमा सम्पन्न गर्न आवश्यकता अनुसार सुरक्षाकर्मी तैनाथ गरिएको बताएका छन् । निर्वाचन गराउन ९५ कर्मचारी खटिएका छन् ।

मतदानलाई स्वच्छ, निष्पक्ष र भयरहीत बनाउन मुख्य निर्वाचन अधिकृत घिमिरेको अध्यक्षतामा सर्वदलीय बैठक बसी निर्वाचनलाई निष्पक्ष बनाउनेमा कांग्रेस, एमालेलगायत केन्द्रीय स्तरका नेताहरूले साझा प्रतिबद्धता गराई सकेको बताएका छन् । प्रतिबद्धता पत्रमा नेकपा एमालेका कर्णबहादुर थापा, नेपाली कांग्रेसका बद्री पाण्डे, सांसद लालबहादुर थापालगायत नेताहरुले हस्ताक्षर गरेका छन् ।

विगतका तिक्तता त्यागेर स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन दलका नेताले लिखित सहमति गरेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए । गाउँगाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदान केन्द्रको पहिलो घरेमा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिएको छ ।

बुढीगंगा नगरपालिकाका निर्वाचन अधिकृत लक्ष्मण कठायतका अनुसार बिहान ७ बजेदेखि सुरु भएको छ ।

दशवटै मतदानस्थलमा मतदान हुने मितिको एक साताअघि नै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित भइसकेका थिए । निर्वाचनकै लागि तीन दिनसम्म बुढीगंगा नगरपालिकाले बिदा दिएइएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बुढीगंगा नगरपालिकामा धाँधली भएका भन्दै मतदान स्थगित भएको थियो । निर्वाचनमा सर्वसाधारणले मतदान गर्न नपाएको भन्दै पुनः निर्वाचन गरिपाऊँ भन्दै पुनरावेदन अदालत दिपायलमा र निर्वाचन आयोगमा रिट निवेदन पेरपछि बुढीगंगामा आज पुन मतदान भैरहेको छ





प्रतिक्रिया दिनुहोस्