• २८ भाद्र २०८३, आईतवार

गल्छि प्रहरीद्वारा हराएको मोवाइल फेलापारी सम्बन्धित धनिलाई फिर्ता

धादिङ:  धादिङको ईलाका प्रहरी कार्यालय गल्छिले हराएको मोवाईल फेला परी मोवाईल धनिलाई बुझाएको छ ।
मोवाईल हराएको र खोजी गरि पाउँ भनि पिडितले प्रहरीलाई खबर गरेपछि  मोवाईल फेला परेपछि सम्बन्धित धनिलाई बुझाइएको हो ।


सोमवार दिउँसो काठमाडौंबाट भैरहवा तर्फ जाँदै गरेको लु २ ख ५९७६ नम्बर बसमा सवार नवलपरासीका अरुणा गुरुङले सिम्ले स्थित खाजा खाने क्रममा आफ्नो मोबाइल फोन हराएको भनि प्रहरीलाई जानकारी गराएकी थिईन।


गुरुङले दिएको जानकारी पछि बसलाई रोकेर चेकजाँच गर्दा सोहि बसमा सवार बर्ष २१ को भारतिय नागरिक चोरु जिल्ला बस्ने जिवन झाको ब्यागमा फेलापारी  मोबाइल धनिलाई बुझाइएको इलाका प्रहरी कार्यालय गल्छिका प्रहरी अर्जुन न्यौपानेले जानकारी दिए।




प्रतिक्रिया दिनुहोस्