काठमाडौं, ३१ असार । ठमेल पर्यटन विकास परिषदको नयाँ नेतृत्वको लागि ध्रुव अधिकारीको समूहको प्यानल लगभग जितको नजिक पुगेको छ ।
अधिकारीको समूहले उम्मेद्वारी दिने १५ जनाको नाम सार्वजनिक गरेको हो।
अधिकारीको समुहले सार्वजनिक गरेको प्यानलमा अध्यक्षमा ध्रुव अधिकारी,उपाध्यक्षमा राजुमान डङ्गोल , गिता गुरुङ र महेश महर्जन,महासचिवमा राजिव पाण्डे, सचिवमा नुवाकोटका रामचन्द्र गिरी,कोषाध्यक्षमा पुण्डयराम लागेजु रहेका छन्।
सचिवमा उमेद्वारी दिएका गिरी प्यानलको अझै बलियो उमेद्वारकप रुपमा रहेका छन् ।
अधिकारी समुहले ठमेललाई आन्तरिक र बाह्य पर्यटकको विशेष पर्यटकीय क्षेत्र बनाउनका लागि पहल गर्ने प्रतिवद्धता समेत जनाएको छ।
त्यस्तै ठमेल क्षेत्रमा सुरक्षा व्यवस्था कायम गर्ने, ठमेलभित्र ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउने लगाायतको एजेण्डा अगाडि सारेको छ।
त्यस्तै ठमेल क्षेत्रको फोहोर व्यवस्थापन, सडक तथा ढल व्यवस्थापन, तार तथा सडक बत्ती व्यवस्थापन, विकृतिमुक्त ठमेल, व्यवस्थित ठमेल, घरबेटी व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्ने,ठमेलको फरक पहिचानलाई समेत प्रवद्धन गर्ने अधिकारी समुहको प्रतिबद्धता छ ।