नुवाकोट : नुवाकोटमा भईरहेको अवैध नदिजन्य उत्खननलाई रोक्न मंगलबार विदुरमा नदिजन्य उत्खनन अनुगमन समितिको बैठक बसेको छ ।
अनुगमन समितिको अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रवि विक्रम सिंह ठकुरीको अध्यक्षतामा मंगलबार बसेको बैठकमा जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक रामप्रकाश साह, जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख, डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख, नुवाकोटका ९ वटा स्थानिय तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नुवाकोटमा भइरहेको अवैध नदिजन्य उत्खननको बारेमा आफूले चाल पाईसकेकोले अब एक्सनमा जान समन्वय प्रमुख ठकुरीले दावी गरेका छन् ।
चौविसै घण्टा प्रहरीलाई अनुगमनमा खटाएकोले अवैध नदिजन्य उत्खननको बारेमा कोहि कसैले सोच्न पनि नसक्ने सीडीयो सिसालले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले पनि अवैध नदिजन्य उत्खननलाई रोक्न आफूहरु दत्तचित्त भएर लागिपरेको जानकारी दिएको छ ।
कतै अवैध रुपमा नदिजन्य उत्खनन भएको पाईएमा सिधा आफूलाई सम्पर्क गर्न सकिने सीडीयो सिसालले बताए ।
नुवाकोटमा समन्वय समिति प्रमुुखको अध्यक्ष्यता रहेको अनुमान समितिका पदाधिकारीहरुले जेजति नै रसिला कुरा गरेपनि अनुगमनको काम भने अलिकति पनि भएको देखिँदैनन्। अनुगमन समितिले अनुगमन भएको र अवैध नदिजन्य उत्खनन पूर्ण रुपमा रोकिएको भनेर पत्रकारहरुलाई झुटो आश्वासन फिँजाए पनि स्थानिय पालिका अध्यक्ष र नगरप्रमुखको अघि झुकेको नै देखिन्छ ।
स्थानिय जनप्रतिनिधिको चर्को आवाजमा दविएको समन्वय र जिल्ला प्रशासनले अवैध नदिजन्य उत्खननलाई रोक्नुको साटो अझै प्रश्रय दिएको देखिन्छ ।