• १ माघ २०८१, मंगलवार

एमाले अध्यक्ष ओली जिल्ला झापामा तीन दिन बस्ने

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन दिनका लागि आज गृह जिल्ला झापा गएका छन्।  

नेकपा एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाकाअनुसार दुईदिन अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा-५ का कार्यकर्तासँग भेटघाट गर्ने छन्। 

आज विहान १० बजे अध्यक्ष ओली भद्रपुरका लागि उडेका ओली आजै बिर्तामोडमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुनेछन्।  त्यसपछि पार्टीका जनवर्गीय संगठनका पदाधिकारी नेतासँग अलग अलग भेटघाट गर्ने कार्यक्रम छ। 

भोलि उनी आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा जाने कार्यक्रम रहेको थापाले बताए। दमकलाई मुकाम बनाएर क्षेत्र भरीका कार्यकर्तालाई भेटघाट गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिए। 

अध्यक्ष ओली १३ गते काठमाडौं फर्कने कार्यक्रम तय गरिएको छ।





प्रतिक्रिया दिनुहोस्