• १० बैशाख २०८२, बुधबार

नुवाकोटका ३ गाँउपालीकामा एकै साथ प्रमुख प्रशासकीय अधिकृत परिवर्तन

नुवाकोट : नुवाकोटका ३ गाँउपालीकामा एकै साथ प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरिएको छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  नुवाकोटका ३ स्थानीय निकाय सहित देशै भरका ६५ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ ।

नुवाकोटको पञ्चकन्या, सूर्यगढी र तादी गाँउपालीकाका प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएका हुन् । जस अनुसार पञ्चकन्यामा राममणी काफ्ले, सूर्यगढी गाँउपालीकामा बिष्णु प्रसाद सुवेदी र तादी गाँउपालीकामा प्रयास भट्टराईलाई सरुवा गरिएको छ ।

पञ्चकन्या गाँउपालीकामा कार्यरत अशोक बिष्ट र सूर्यगढी गाँउपालीकामा कार्यरत धनेन्द्र भुजेललाई भुमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालय अन्र्तगतका कार्यालयमा रहने गरी सरुवा गरिएको छ भने तादी गाँउपालीकामा कार्यरत अर्जुन आचार्यलाई बाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालय अन्तर्गतमा रहने गरी सरुवा गरिएको छ ।

यो समाचार नुवाकोट अनलाइनमा प्रकााशित छ ।





प्रतिक्रिया दिनुहोस्