नुवाकोट: नेपालमा देशव्यापी रूपमा देखिने गरेको परिपाटी यसपालि नुवाकोटको किस्पाङ गाउँपालिकामा देखिएको छ ।
देशको केन्द्रीय राजनीतिमा झै पुराना सरकारले सुरुवात गरेका कामको नयाँ सरकारले आफैंले त्यो आयोजनाको सुरुवात गरेको जस्तो गरेर उद्घाटन गर्नै र भाषण गर्नै गरेको कुरा कुनै नौलो विषय होइन ।
यस्तै माथि भनेजस्तै नुवाकोटको किस्पाङ गाउँपालिकामा अघिल्लो स्थानिय सरकारले गरेको महत्वपूर्ण कामको जस् बटुल्दै वर्तमान जनप्रतिनिधिहरुले सामाजिक सञ्जालमा हालेर आफूले आफ्नै फेसबुकका भित्ताहरु रङगाईरहेका छन् ।
देशमा संघियता आएपछि भएको पहिलो स्थानिय तहको निर्वाचनमा निर्वाचित किस्पाङ गाउँपालिकाको पहिलो पालिका अध्यक्ष छत्र लामाले भौगोलिक बनावटले ठगिन पुगेको आफ्नो पालिकामा वसोवास गर्ने जनताको स्वास्थ्यलाई महत्वपूर्ण रुपमा हेर्दै पालिकामा एउटा एम्बुलेन्सको आवश्यकता महसुस गरि ठेक्का प्रक्रिया गरेर एम्बुलेन्सको खरिद प्रक्रिया अघि बढाएका थिए ।
देशव्यापी रूपमा भएको दोस्रो स्थानिय तहको निर्वाचन लगायत विविध कारणले ढिलो हुनपुगेको एम्बुलेन्स सेवा बुधबार मात्र किस्पाङ गाउँपालिकाले पाएको छ ।
नेपाल विद्युत प्राधिकरण ,रसुवा नुवाकोट बितरण प्रणाली पुनर्निर्माण तथा सुधार आयोजना र दाता जर्मन स्थित Kfw Development Bank मार्फत नुवाकोटको किस्पाङ गाँउपालिकालाई ‘ख’ बर्गको एम्बुलेन्स प्राप्त भएको हो ।