नुवाकोट: जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत प्रहरी सहायक हवल्दार नवल किशोर राय यादव जिल्लाभरमा असार महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
ईलाका प्रहरी कार्यालय बारागढीमा दरबन्दी रहेका सहायक हवल्दार यादव जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत छन् ।
नुवाकोट जिल्लाको विभिन्न क्षेत्रमा भएको अपराधीक घटनाहरुको अनुसन्धानको क्रममा घटना स्थलमा खटिएर भौतिक सवुद र प्रमाण संकलन गरि अनुसन्धानात्मक तवरले घटनाको पुर्पक्षको कार्य गरेका सहायक हवल्दार यादवलाई असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक रामप्रकाश शाहले जानकारी दिएका छन् ।